काठमाडौं- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले शनिबार सरकारले ल्याएको आ.ब २०७८/७९ को बजेटलाई ‘सिधासादा मतदातालाई ललीपप’ बाँडेको देखिएको प्रतिक्रिया दिएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै डा.भट्टराई सो कुरा बताएका हुन् ।
पूर्वअर्थमन्त्री समेत रहेका डा.भट्टराईले बजेटमा एमालेको चुनावी घोषणापत्रको छनक पाइएको टिप्पणी गरेका छन् । उनले भने, ‘अर्थमन्त्री मार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन।’
सरकारले सिधासादा मतदातालाई ललीपप बाँडेको बताउँदै पपुलिज्ममा पनि खासै सिर्जनात्मकता नदेखिएको उनको भनाइ छ ।
अर्थमन्त्री मार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन।सिधासादा मतदातालाई ललीपप बाॅडेको देखियो। पपुलिज्ममा पनि खासै सिर्जनात्मकता देखिएन।उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो।एउटै नयाॅ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो!
— Baburam Bhattarai (@brb1954) May 29, 2021