किवीको यस्ता फाइदा-Sutra News

किवीको यस्ता फाइदा

आइतबार, १६ जेष्ठ २०७८

आइतबार, १६ जेष्ठ २०७८

काठमाडौं- सबै प्रकारका फलफूल हाम्रो स्वास्थ्यका लागि लाभदायक हुन्छन् । जसमध्ये किवी पनि एक हो ।  किवीमा औषधीय गुण हुन्छ । यसको दैनिक सेवनले शरीरलाई फाइदा गर्छ ।



छालालाई पनि फाइदा गर्छ । किवीमा पाइने भिटामिन सी मा एन्टिअक्सिडेन्ट गुण पाइन्छ । यसले सूर्यका किरण र प्रदूषणका कारणले छालामा हुने नकारात्मक असरलाई रोक्छ । 

किवीमा फस्फोरस र म्याग्नेशियम जस्ता पोषण तत्व पाइन्छ । यसमा भिटामिन सी कासाथै इ पनि पाइन्छ । यी तत्वहरुले हाम्रो कपाललाई पनि कोमल र मुलायम बनाउन मद्दत गर्छ । 

किवीले मुटुाई स्वस्थ राख्छ,

रक्तचापलाई नियन्त्रण गर्छ,

पाचन प्रक्रिया र कब्जियतको समस्यालाई निर्मूल पार्छ,

तौललाई नियन्त्रण गर्छ,

किवी मधुमेह बिरामीका लागि उत्तम,

अनिन्द्राको समस्यालाई हटाउँछ ,

उच्च रक्तचापको समस्यामा सुधार गर्छ,

दमका बिरामीलाई फाइदा गर्छ,

किवीले क्यान्सर जस्तो प्राण घातक रोग लाग्नबाट बचाउँछ ।

 

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट