साउदीले हटायो ११ देशमा यात्रा प्रतिबन्ध-Sutra News

साउदीले हटायो ११ देशमा यात्रा प्रतिबन्ध

आइतबार, १६ जेष्ठ २०७८

आइतबार, १६ जेष्ठ २०७८

काठमाडौं- कोरोना संक्रमण रोकथामका लागि साउदी अरबले यात्रा प्रतिबन्ध लगाएका २० मुलुकमध्ये आजबाट ११ देशमा आवत-जावत खुला गरेको छ ।



साउदीको गृह मन्त्रालयका एक अधिकारीले त्यहाँको सरकारी समाचार एजेन्सी एसपीएसँग शनिबार यात्रा प्रतिबन्ध खुला गरिएको जानकारी दिएका हुन् ।

ती देशमा महामारी नियन्त्रण हुन थालेकाले यात्रा प्रतिबन्ध हटाउने निर्णय गरिएको उनले बताएका छन् ।

यूएई, जर्मनी, अमेरिका, आयरल्यान्ड, इटली, पोर्चुगल, यूके, स्विडेन, स्विट्जरल्यान्ड, फ्रान्स, जापानलगायत देशमा प्रतिबन्ध खुला गरिएको छ ।

तर यी देशबाट आउने यात्रुले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ। यो निर्णय आज मे ३० बाट लागू भएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट