५६ वर्षीय बेलायती प्रधानमन्त्री जोन्सनले गरे ३३ वर्षीया प्रेमिकासँग विवाह-Sutra News

५६ वर्षीय बेलायती प्रधानमन्त्री जोन्सनले गरे ३३ वर्षीया प्रेमिकासँग विवाह

आइतबार, १६ जेष्ठ २०७८

आइतबार, १६ जेष्ठ २०७८

काठमाडौं- बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफूभन्दा २३ वर्ष कम उमेरकी युवतीसँग विवाह गरेका छन् । ५६ वर्षीय जोन्सनको यो तेस्रो विवाह हो ।



बेलायती सञ्चारमाध्यमले जनाएअनुसार प्रधानमन्त्री जोन्सनले आफ्नी प्रेमिका ३३ वर्षीया क्यारी सिमोन्ड्ससँग शनिबार गोप्यरूपमा विवाह गरेका हुन् ।

johnson-jodi.png

सञ्चारमाध्यमअनुसार वेस्टमिनस्टर क्याथेड्रलमा आयोजित उनको विवाहमा ३० जना मात्र सहभागी भएका थिए ।

प्रधानमन्त्री जोन्सनले यसअघि दुईपटक विवाह गरेका भए पनि दुवै पत्नीसँग सम्बन्धविच्छेद (डिभोर्स) भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट