

काठमाडौँ । भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको कुटपिट प्रकरणको छानविन गर्नका लागि गठन भएको छानविन समितिले आज आइतवार प्रतिवेदन पेश गर्ने भएको छ ।
उक्त घटना छानविन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा सात सदस्यीय छानविन समिति गठन भएको थियो।
प्रतिवेदन तयारी अवस्थामा रहेको हुँदा आज आइतवार नै पेश गरिने भएको हो ।
भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली रावतको मृत्यु भएपछि आफन्तहरूले बिहीबार राति कोभिड वार्डमा खटिएका चिकित्सक र नर्सिङ स्टाफलगायतलाई दुर्व्यवहार गरेका थिए ।
उक्त घटनापछि विभिन्न निकायहरुले सम्बन्धित व्यक्तिलाई कारबाहीको माग गरेका थिए ।