सरकारले चुनाव केन्द्रीत बजेट ल्याएर जनताको आँखामा छारो हाल्ने काम गर्यो-डिला संग्रौला-Sutra News

सरकारले चुनाव केन्द्रीत बजेट ल्याएर जनताको आँखामा छारो हाल्ने काम गर्यो-डिला संग्रौला

आइतबार, १६ जेष्ठ २०७८

आइतबार, १६ जेष्ठ २०७८

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकि केन्द्रीय सदस्य डा. डिला संग्रौलाले सरकारले चुनाव  केन्द्रित महत्वाकांक्षी बजेट प्रस्तुत गरेर जनताको आखामा छारो हाल्ने काम गरेको आरोप लगाएकी छन् ।



आइतवार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै संग्रौलाले यस्तो आरोप लगाएकी हुन ।

‘सरकारको बैधता आयुबारे गम्भीर प्रश्न र विवाद उठिरहेको बेला सरकारले आफ्नो स्वार्थ सिद्धी गर्न चुनाब केन्द्रित महत्वाकांक्षी बजेट प्रस्तुत गरेर जनताको आखामा छारो हाल्ने काम गरेको छ ।’ उनले लेखेकी छन् ।

त्यस्तै उनले संसद विघटनको मुद्दा सर्वोच्च अदालतको संबैधानिक इजलासको प्रकृयामा रहेको अवस्थामा अर्थमन्त्रीबाट सार्वजनिक गरेको बजेटको औचित्यमा प्रश्न चिन्ह खडा भएकोसमेत उल्लेख गरेकी छन् ।

हेर्नुहोस उनको स्टाटस :

संसदको बिश्वास गुमाएका कामचलाउ प्रधानमन्त्री केपि ओलिको सरकारले रास्टृय सहमतिको बिपरित आर्थिक बर्ष २०७८/७९ मा झन्डै साढे १६ खरब बराबरको बजेट अद्यादेश मार्फत ल्याएको छ।संसद विघटनको मुद्दा सर्बोच्च अदालतको संबैधानिक इजलासको प्रकृयामा छ।यस्तो अबस्थामा अर्थमन्त्रीबाट शनिबार सार्बजनिक गरेको बजेटको औचित्यमानै प्रश्नबाचक चिन्ह खडा भएको छ।सरकारको बैधता आयुबारे गम्भीर प्रश्न र विवाद उठिरहेको बेला सरकारले आफ्नो स्वार्थ सिद्धी गर्न चुनाब केन्द्रित महत्वाकांक्षी बजेट प्रस्तुत गरेर जनताको आखामा छारो हाल्ने काम गरेको छ। बितेको बर्षमा ओलि नेतृत्वको सरकारले ठुल्ठुला सपना जनतालाई जति बाडे पनि खासै उपलब्धि भएन।प्रस्तुत बजेटमा पनि जनता झुक्याउने सस्तो लोकप्रियताको कुरा गरिएको छ तर कार्यान्वयन हुने कुरा देखिदैन।राजनितिक द्वन्द्व ,प्रसासनिक संयन्त्रको निस्कृयता र बिकास खर्च हुन नसकेको अबस्थामा परिणाम दिन सक्दैन।किनकी कोभिड-१९को महामारी र सरकारको अस्थिरताको कारण अर्थतन्त्रमा गम्भीर संकुचन देखिएको कारण झन्डै साढे १६ खरबको बजेटको कार्यान्वयन र ६.५ को आर्थिक वृद्धि दर केवल कागजमा मात्र सिमित रहने कुरामा अब पनि शंका रहला र?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट