विपक्षी गठबन्धनको भेलामा देउवाले भने – आन्दोलनमा जान त हुन्थ्यो, कोरोना यस्तो छ-Sutra News

विपक्षी गठबन्धनको भेलामा देउवाले भने – आन्दोलनमा जान त हुन्थ्यो, कोरोना यस्तो छ

आइतबार, १६ जेष्ठ २०७८

आइतबार, १६ जेष्ठ २०७८

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध कांग्रेस आन्दोलनमा जान खोजेको तर कोरोनाले अप्ठेरो पारेको बताएका छन् ।



आइतवार देउवानिवास बुढानीलकण्ठमा बसेको भेलामा देउवाले सरकारको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा जानुपर्ने आवश्यकता जनाएका हुन् । उनले ओली सरकारको राजनीतिक प्रतिवाद गर्ने समेत बताए ।

‘सभापति देउवाले आन्दोलनमा जानु अपरिहार्य रहेको तर अहिले कोरोना महामारीका कारण गइहाल्ने स्थिति नभएको भनेर आफ्नो कुरा राख्नुभयो,’ भेलामा सहभागी कांग्रेसका अर्का एक नेताले सूत्रन्यूजसँग भने ।

भेलामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, कांग्रेसकै केही पदाधिकारीलगायत सहभागी भएका थिए ।

छलफलमा प्रचण्डले अध्यादेशमार्फत बजेट आएकोमा असन्तुष्टि जनाएका थिए ।

‘ओलीको चुनावी घोषणापत्र जस्तो बजेट आयो, त्यो पनि असंवैधानिक तरिकाले,’ प्रचण्डको भनाइ उदृत गर्दै अर्का एक नेताले भने ।

बैठकले सरकारका कदमबारे संयुक्त विज्ञप्ति निकालेर विरोध गर्ने निर्णय गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति – 

joint statement 2078-02-16.jpeg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट