काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनविरुद्धका रिटमाथिको सुनुवाइको क्रममा संवैधानिक इजलासमा नै प्रश्न उठेको छ।
संवैधानिक इजलासमा अधिवक्ता गोविन्द बन्दीले बमकुमार श्रेष्ठको सहभागीतामाथि प्रश्न उठाएका हुन्।शुक्रवार भएको सुनुवाइका क्रममा पनि उनले यही प्रश्न उठाएका थिए ।
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारदेखि सुरु गरिएको सुनुवाइले आज पनि निरन्तरता पाउँदै छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा.आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास गठन गरी बहस सुरु भएको छ ।