काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता प्रकाश शाहले सांसद पठानसिंह बोहोरालाई २४ घन्टे स्पष्टीकरण सोधका छन् ।
सांसद पठानसिंह बोहोरा केपी ओली पक्षका नेता हुन् ।
उनलाई निर्णय कार्यान्वयनमा बाधा पग्ने गरी गुटबन्दी गरेको तथा भ्रम सिर्जना गर्न खोजेको आरोपमा स्पष्टिकरण सोधिएको एक नेताले जानकारी दिए ।
उनीबाट चित्तबुझ्दो जवाफ नआए संसदीय दलको विधान २०७७ अनुसार कारबाही हुने बताइएको छ।
त्यस्तै हिजो सुदूरपश्चिम प्रदेशमा शुक्रबार नियुक्त भएका तीन मन्त्री र तीन राज्यमन्त्रीलाई नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले स्पष्टीकरण सोधेको थियो ।
सुदुरपश्चिम प्रदेशमा दीर्घबहादुर सोडारी भौतिक पूर्वाधार, लालबहादुर खड्का समाजिक विकास, पूर्णा जोशी आन्तरिक मामिलामन्त्री बनेका थिए भने चुनकुमारी चौधरी, अर्चना गहतराज र मनाकुमारी साउद राज्यमन्त्री नियुक्त भएका थिए ।