काठमाडौँ । नेकपा एमालेका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले विपक्षी गठबन्धनले जारी गरेको विज्ञप्तिमा नेकपा एमालेका नेता माधवकुमार नेपालले हस्ताक्षर गरेपछी असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै थापाले विपक्षी गठबन्धनले जारी गरेको विज्ञप्तिमा माधव नेपालको हस्ताक्षर अनाधिकृत भएको बताएका हुन् ।
‘विघटित प्रतिनिधि सभामा विपक्षी दलका नेता शेरबहादुर देउवासहितले जारी गरेकाे वक्तव्यमा माधवकुमार नेपालकाे हस्ताक्षर अनाधिकृत छ,’ उनले भनेका छन्, ‘नेकपा(एमाले)मा वरिष्ठ नेताकाे दर्जामा उहाँ हुनुहुन्न र हस्ताक्षर गर्दै हिड्न सम्बन्धित दलले कहिल्यै खटाएकाे पनि छैन। अझै विधि र पद्धति!’