नायिका वर्षा सिवाकोटी लेख्छिन, नेतालाई पढाउने तालिम केन्द्रका लागि पनि बजेट विनियोजन गर्नुपर्ने थियो-Sutra News

नायिका वर्षा सिवाकोटी लेख्छिन, नेतालाई पढाउने तालिम केन्द्रका लागि पनि बजेट विनियोजन गर्नुपर्ने थियो

आइतबार, १६ जेष्ठ २०७८

आइतबार, १६ जेष्ठ २०७८

काठमाडौँ ।सरकारले बजेट भाषण गरेसंगै यतिबेला धेरै मानिसहरुले बजेटको टिप्पणी गरिरहेका छन् ।



यस्तै नेपाली कलाकारहरुले पनि बजेटको बारेमा आफ्नो तर्क सामाजिक सञ्जालमार्फत दिइराखेका छन् ।

नायिका वर्षा सिवाकोटीले बजेट राम्रो र कर्णप्रिय लागेको बताएकी छन् । नेताको दिनहुँको किचलोले जनता वाक्क भएको उनको भनाई छ ।

त्यस्तै उनले नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन गर्नुपर्ने तर्क गरेकी छन्।

‘बजेट त सधैं राम्रो र आनन्द लाग्ने आउने हो, यो पटक झन राम्रो र कर्णप्रिय लाग्दैछ, तर बजेट भाषण सकिने वित्तिकै एक अर्कालाई सत्तोसराप शुरु हुने निश्चित छ। नेताको दिनहुँको किचलोले जनता दिक्क भएका छन्,’ उनले लेखकी छन् , ‘यो कुरा बुझाउन नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन गर्दा हुने !’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट