काठमाडौं । नेकपा एमालेको माधव पक्षले सुर्खेतमा आफ्नो समानान्तर कमिटी कमिटी गठन गरेको छ ।
उक्त समुहले मोहन सिंह बडुलवालको अध्यक्षतामा २२७ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
मोहन सिंह बडुलवालको अध्यक्षतामा गठन गरिएको उक्त समानान्तर कमिटीको उपाध्यक्षमा टोपबहादुर रास्कोटी, सचिवमा शिवप्रसाद उपाध्याय र उपसचिव बलबहादुर नेपाली रहेका छन्।
नेकपा एमालेको माधव पक्षले यसअघि नै अन्य जिल्लाहरुमा पनि समानान्तर कमिटीको गठन गरिसकेको छ ।