प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा-Sutra News

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

आइतबार, १६ जेष्ठ २०७८

आइतबार, १६ जेष्ठ २०७८

काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको  प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिटमाथिको सुनुवाई ‘हेर्दाहेर्दैमा’ राखिएको छ ।



आज आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सुनुवाइलाई हेर्दाहेर्दैमा राखेको हो । 

आज संवैधानिक इजलासमा अधिवक्ता गोविन्द बन्दीले बमकुमार श्रेष्ठको सहभागीतामाथि प्रश्न उठाएका हुन्।शुक्रवार भएको सुनुवाइका क्रममा पनि उनले यही प्रश्न उठाएका थिए ।

त्यस्तै अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बिदामा बस्न सुझाव दिएका छन् ।

आइतवार प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सुनुवाइ गर्न गठन गरिएको संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठको सहभागिताप्रति सवाल-जवाफ गर्ने क्रममा उनले त्यस्तो सुझाव दिएका हुन् ।

अधिवक्ता थापाले भारतको एउटा  उदाहरण दिँदै प्रधानन्यायाधीशलाई बिदामा बस्न सुझाव दिएका हुन् । सवाल-जवाफमा उत्रँदै उनले भने, ‘भारतमा न्यायाधीश दीपक मिश्रमाथि पनि प्रश्न आएपछि आफूबाहेक राखेर इजलास गठन गरेर फैसला भएको थियो। फैसला चाहिन्छ भने म दिन्छु। तपाईंको विकल्प के छ भन्नुभयो, बिदामा बस्नुस्।’

अर्को सुनुवाई भोलि सोमबार जारी रहने गरी रिटमाथिको सुनुवाई ‘हेर्दाहेर्दैमा’ राखिएको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट