काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथ प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समुहले देशको लागि अनिष्ट हुने काम गरिरहेको बताएका छन् ।
आइतवार तेश्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
उनले माधव पक्षले संसदीय ध्वस्त पार्न लागेको आरोप लगाएका छन् । तीनले खाएको सपथ झुटो हो, तीनको सपथ बेइमानी हो । तीनका सपथभित्र स्वार्थ पुरा गर्ने कपट लुकेको हुन्छ,’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने,’ अहिले तीनले खाएका सपथ सम्झनुहोस् त । तीनले कहाँ–कहाँ सपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन् ।’
नेता नेपालले आफ्नै सरकार ढाल्नको लागि भूमिका खेलेको भन्दै उनले माधव नेपालप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन् । ‘आफ्नो सरकारविरूद्ध विश्वासको मत नहाल्ने? अर्को सरकार बनाउन त्यहाँ पुग्ने? समर्थन गर्न पुग्ने?’ उनले भने ।