काठमाडौं- नेपका एमालेका नेता योगेश भट्टराईले सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेट जनमुखी भएको बताएका छन् ।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट सार्वजनिक गरेका थिए ।
सामाजिक सञ्जालमा आइतबार साँझ भट्टराईले भने, ‘अर्थमन्त्री माननीय बिष्णु पौडेलले हिजो सार्वजनिक गर्नुभएको आब २०७८र ७९ को बजेट मुलतस् जनमुखी छ । हरेक बजेटका चुनौती जस्तै यो बजेटका पनि कार्यन्वयन, पुंजिगत खर्च कम हुने, राजनीतिक र प्रशासनीक नेत्रीत्वमा ईच्छाशक्तिको कमी, राजश्वको लक्ष नभेटाउने, राष्ट्रिय उत्पादनमा प्रगति नहुने लगायतका चुनौती भने यो बजेटका सामु पनि बिध्यमान छन । यी चुनैतीमाथि बिजयप्राप्त गर्न अर्थमन्त्रीजीलाई सफलता मिलोस ।’