काठमाडौं- नेकपा एमालेबाट निष्काशित नेता भीम रावलले प्रधामन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न गतिविधि गरेर अनिष्टको काम गरेको आरोप लगाएका छन् । आइतबार साँझ सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो भनाइ लेख्दै नेता रावलले आरोप लगाएका हुन् ।
उनले भनेका छन्, ‘राष्ट्रपतिसँग मिलिमतो गरी संविधान मिच्दै पटक-पटक प्रतिनिधिसभा भंग गर्ने, संवैधानिक परिषदमा मनपरी गरी संवैधानिक अंगहरूलाई गुट राजनीतिमा धकेल्ने, विदेशी गुप्तचरसँग राती साउती गर्ने,राष्ट्रहित विपरीत काम गर्ने र दुई तिहाइलाई अल्पमतमा झार्ने प्रम केपीले नै अनिष्टको काम गरेको ठहर्छ ।’
राष्ट्रपतिसंग मिलिमतो गरी संविधान मिच्दै पटक-पटक प्रतिनिधि सभा भंग गर्ने, संवैधानिक परिषदमा मनपरी गरी संवैधानिक अंगहरूलाई गुट राजनीतिमा धकेल्ने, विदेशी गुप्तचरसंग राती साउती गर्ने,राष्ट्रहित विपरीत काम गर्ने र दुई तिहाइलाई अल्पमतमा झार्ने प्रमं केपीले नै अनिष्टको काम गरेको ठहर्छ।
— Dr. Bhim Rawal (@BhimRawal179) May 30, 2021