अमेरिकाको फ्लोरिडामा गोली चल्यो: २ को मृत्यु, २० बढी घाइते-Sutra News

अमेरिकाको फ्लोरिडामा गोली चल्यो: २ को मृत्यु, २० बढी घाइते

आइतबार, १६ जेष्ठ २०७८

आइतबार, १६ जेष्ठ २०७८

काठमाडौं- फ्लोरिडाको मियामीमा आइतबार बिहान गोली चल्दा दुई व्यक्तिको मृत्यु भएको छ धने २० भन्दा बढी घाइते भएका छन् ।



स्थानीय प्रहरीका अनुसार स्पोर्ट कारमा आएका तीन व्यक्तिले कारबाट बाहिर निस्केरे भीडमा अन्धाधुन्ध गोली हानेका थिए । आइतबार बिहानमा एल मुला बैंक्वेट हलको बाहिरपट्टी भएको गोली चलाइएको थियो ।

मियामीको डेड प्रहरी विभागका निर्देशक अल्फ्रेडो ‘फ्रेडी’ रामिरेज तृतीयले ट्वीट गरेका छन् ।

शनिबार, मियामीको एक पर्यटकीय क्षेत्र नजिकै बन्दुकधारीले गोली चलाउँदा कम्तिमा सात व्यक्ति घाइते भएका थिए ।

बन्दुक हिंसाको कारण अमेरिकामा वार्षिक रूपमा सयौँको मृत्यु र हजारौं घाइते हुने गरेका छन् ।

हालै अमेरिकामा गोली हानी नागरिकको हत्या गर्ने क्रम व्यापक बनेपछि राष्ट्रपति जो बाइडेनले गत महिना सम्बोधन गर्दै यस्ता आक्रमणकारी राष्ट्रको कलङ्क भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट