अमेरिकाको टेनिसीमा सेस्ना बिमान दुर्घटनाग्रस्त, सात जनाको मृत्यु-Sutra News

अमेरिकाको टेनिसीमा सेस्ना बिमान दुर्घटनाग्रस्त, सात जनाको मृत्यु

आइतबार, १६ जेष्ठ २०७८

आइतबार, १६ जेष्ठ २०७८

वासिङ्टन- एउटा सानो सेस्ना जेट बिमान शनिबार संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।



सेस्ना सी५०१ बिमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरणमा स्मिर्ना बिमानस्थलबाट उडेको केही समयभित्रै बिमान पोखरीमा खसेको उल्लेख छ ।

उद्धारकर्मीका अनुसार बिमानमा सवार सबै सात जनाको ज्यान गएको छ । संघीय हवाई उड्डयन प्रशासनले बिमान दुर्घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट