काठमाडौं- सरकारले गणतन्त्र दिवसको अवसर ४३० जना कैदी बन्दीको बाँकी कैद मिनाहा गरेको छ ।
गणतन्त्र दिवसकै दिन जेठ १५ गते देखि लागू हुने गरी माफी मिनाहा पाएका ४३० जनाको नाम कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको हो ।
मन्त्रिपरिषद्को जेठ १३ गते बसेको बैठकले सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २ सय ७६ बमोजिम माफी मिनहा गरेकी हुन् ।
माफि मिनाहा, कैद कट्टा गर्ने प्रयोजनका लागि तोकिएका कैदको ५० प्रतिशत कैद मुक्तान गरेका कैदीको बाँकी कैद कट्टाका लागि प्रमुख जिल्ला अधिकारी तथा काराकार प्रमुखको सिफारिसमा कारागार व्यवस्थापन विभागले विवरण तयार पारेर गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा पेश गरेको हो ।