काठमाडौं- म्यानचेस्टर सिटीका मिडफिल्डर केविन डी ब्रूयनाको नाक तथा आँखामा चोट लागेको छ ।
च्याम्पियन्स लिग फुटबलको फाइनल अन्तर्गत शनिबार राति भएको चेल्सीसँगको खेलको क्रममा उनी चोटग्रस्त भएका हुन् ।
उनको नाकको हड्डी तथा आँखाको बाहिरी भाग (आइ सकेट) भाँच्चिएको हो । २९ वर्षका डी ब्रूयना खेलको ६० औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए। उनको स्थानमा गाब्रियल जिसस गएका थिए । सो खेलमा चेल्सी विजयी भएको थियो ।
डी ब्रूयनाले ट्वीट गरेर आफ्नो स्वास्थ्य अवस्थाबारे आइतबार जानकारी दिएका हुन् ।
उनले आफू अस्पतालबाट फर्किएको र अहिले स्वास्थ्य अवस्था सामान्य बन्दै गएको उल्लेख गरेका छन् । नतिजाबाट निराश रहेको उल्लेख गरेका उनले पुनः शक्तिशाली भएर फर्किने पनि बताएका छन् ।
Hi guys just got back from the hospital. My diagnosis is Acute nose bone fracture and left orbital fracture. I feel okay now. Still disappointed about yesterday obviously but we will be back
— Kevin De Bruyne (@DeBruyneKev) May 30, 2021