गर्मी मौसममा लिचीका फाइदा-Sutra News

गर्मी मौसममा लिचीका फाइदा

सोमबार, १७ जेष्ठ २०७८

सोमबार, १७ जेष्ठ २०७८

काडमाडौं- लिची गर्मीयाममा खाइने फल हो । यो फल स्वास्थ्यका लागि राम्रो हुन्छ । लिचीमा पोटासियम, क्याल्सियम, फस्फोरस, आइरन जस्ता मिनरल्स पाइन्छन् ।



लिचीमा कार्बोहाईड्रेट, भिटामिन सि, ए र बि कम्प्लेक्स पनि पाइन्छ । दैनिक लिची खानाले अनुहारमा चमक आउँछ । यसका साथै बढ्दो उमेरका लक्षणलाई कम गर्छ । यससँगै शारीरिक विकासमा मद्दत गर्छ ।

यसमा भएको बिटा क्यारोटिनले भरपुर मुटुलाई स्वस्थ राख्छ । लिचीले हड्डीको रोग अस्टियोपोरोसिसलाई रोक लाग्नबाट जोगाउँछ । चिसो लागेको व्यक्तिलाई तुरुन्तै लिची खुवाउँदा निको हुन्छ ।

क्यान्सर कोषिकासँग लड्ने गुण लिच्चीमा हुन्छ । दैनिक लिच्ची खाँदा क्यान्सरका सेलहरू बढ्न पाउँदैनन् र  दम रोगीले लिची खाँदा शरीरलाई फाइदा हुन्छ साथै लिची खाँदा कब्जियतबाट राहत मिल्छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट