बिपी सङ्ग्रहालयको अक्सिजनसहित कोरोना उपचार केन्द्र-Sutra News

बिपी सङ्ग्रहालयको अक्सिजनसहित कोरोना उपचार केन्द्र

सोमबार, १७ जेष्ठ २०७८

सोमबार, १७ जेष्ठ २०७८

काठमाडौं- नयाँ भेरियन्टसहितको कोरोना तीव्ररूपमा फैलिन थालेपछि बिपी सङ्ग्रहालय सुन्दरीजलले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको मूलखर्क र ओखरेनीमा स्वास्थ्य उपचार केन्द्र स्थापना गर्ने भएको छ ।



गोकर्णेश्वर नगरपालिका-१ का यी दुई गाउँमा अक्सिजनसहितको स्वास्थ्य जाँच केन्द्र स्थापना गर्न लागिएको सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेलले जानकारी दिए ।

काठमाडौं उपत्यकाका दुर्गम बस्ती मध्येमा पर्ने यी गाउँमा कोरोनाका बिरामी बढ्न थालेपछि प्रारम्भिकरूपमा स्वास्थ्य जाँचसहित अक्सिजन सेवा दिन उपचार केन्द्र स्थापना गर्न लागिएको हो । केन्द्रमा सुन्दरीजल स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा दिनेछन् ।

केन्द्रमा आवश्यकतानुसार विशेषज्ञ स्वास्थ्य सेवासमेत उपलब्ध गराइने सङ्ग्रहालयले जनाएको छ । बिरामीलाई थप उपचार आवश्यक परे निःशुल्क एम्बुलेन्स सेवासहित सुविधासम्पन्न अस्पतालमा लगिने छ ।

होम आइसोलेशनमा बसेका बिरामीलाई समेत अस्पताल जान एम्बुलेन्स आवश्यक परे निःशुल्क सेवा दिइने छ । कोरोना र अन्य रोगका लागि अक्सिजन सेवा आवश्यक पर्ने बिरामीले अक्सिजन नपाए निःशुल्क उपलब्ध गराइने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट