काठमाडौं- राष्ट्रियसभाअन्तर्गत लुम्बिनी प्रदेशमा रिक्त १ सदस्य पदको उपनिर्वाचनका लागि मतदान सुरु भएको छ ।
दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरको तीनवटा मतदान केन्द्र मतदाताले मतदान गर्ने क्रम सुरु भएको छ ।
लुम्बिनीमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि गरी मतदाताको कुल संख्या तीन सय जनाले मतदान गर्दै छन् ।
८३ जना प्रदेशसभा सदस्य छन् भने दुई सय १७ जना स्थानीय तहका प्रमुख-उपप्रमुख रहेका छन् ।
अघिल्लो चुनावमा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बनेका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ ।
चुनावमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनले दृगनारायण पाण्डेलाई साझा उम्मेदवार बनाएको छ ।