यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान-Sutra News

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

सोमबार, १७ जेष्ठ २०७८

सोमबार, १७ जेष्ठ २०७८

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार  हाल देशमा पश्चिमि वायु,स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्र (low pressure area )को  सामान्य प्रभाव रहेको छ।



अहिले  प्रदेश नं १ मा पुर्ण बदलि र देशका अन्य भू-भागका अधिकांश स्थानहरुमा आंशिक देखि सामान्य  बदली रहेको छ। प्रदेश १.प्रदेश नं २ र बाग्मति प्रदेशका एक दुइ स्थानमा हल्का वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

  २०७८ जेठ १७ गते  (सोमबार)

 दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका  केहि स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश नँ १ र बाग्मति प्रदेशका एक दुइ स्थानमा भारि बर्षाको पनि संभाबना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती प्रदेशका  थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।

 २०७८ जेठ १८ गते  (मंगलबार)

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य बदली रही केहि स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। 

राती: प्रदेश १ र बाँकि पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र अन्य स्थानहरूमा आंशिक बदलि रहि मेघगर्जन / चट्याङ्ग सहित प्रदेश १ का थोरै र बाँकि भू-भागका एक दुइ स्थानमा हल्का वर्षा को सम्भावना रहेको छ। 

 २०७८ जेठ १९ गते  (बुधबार)

दिउँसो: देशका धेरैजसो  भू-भागमा आंशिक देखी सामान्य बदली रही थोरै  स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। 

राती: प्रदेश १ मा आंशिक देखी सामान्य बदली र अन्य स्थानहरूमा आंशिक बदलि रहि मेघगर्जन / चट्याङ्ग सहित प्रदेश १ का एक दुइ स्थानमा हल्का वर्षा को सम्भावना रहेको छ। 

प्रदेश १ र बाग्मती प्रदेशका  एक दुइ  स्थानमा मेघगर्जन / चट्याङ्ग सहित भारि वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनका लागि मौसम विभागले अनुरोध गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट