प्रतिबन्धित एक लाख ९८ हजार भारूसहित सप्तरीबाट एक पक्राउ-Sutra News

प्रतिबन्धित एक लाख ९८ हजार भारूसहित सप्तरीबाट एक पक्राउ

सोमबार, १७ जेष्ठ २०७८

सोमबार, १७ जेष्ठ २०७८

सप्तरी । प्रतिबन्धित भारतीय रूपैयाँसहित सप्तरीमा एकजना पक्राउ परेका छन् ।



पक्राउ पर्नेमा सप्तरीको महादेवा नगरपालिका-५ का २० वर्षीय दीपककुमार मण्डल रहेका छन् ।

उनलाई एक लाख ९८ हजार ४ सय ९० प्रतिबन्धित भारतीय रूपैयाँसहित हनुमाननगर कंकालिनी नगरपालिका-१४ बेरीयाघाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिबन्धित रकम बोकेर भारतबाट नेपाल आउने क्रममा उनी पक्राउ परेका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट