जसपाका नेताहरु मन्त्री बन्दै, ओलीसँग छलफलका लागि ठाकुर र राजेन्द्र महतो बालुवाटारमा-Sutra News

जसपाका नेताहरु मन्त्री बन्दै, ओलीसँग छलफलका लागि ठाकुर र राजेन्द्र महतो बालुवाटारमा

सोमबार, १७ जेष्ठ २०७८

सोमबार, १७ जेष्ठ २०७८

काठमाडौँ । सरकारमा सहभागी हुने विषयमा छलफल गर्नका लागि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका छन्।



जसपाका नेता र प्रधानमन्त्री केपी शर्मा ओलीबीच १० बजेदेखी छलफल सुरु भएको हो ।

सांसद नरहेका सात जनालाई फेरि मन्त्री बनाउन नहुने सर्वोच्च आदेशपछि अहिले सात मन्त्रालय खाली छन्।

जसपालाई ८ मन्त्रालय दिने समझदारी यसअघि नै भइसकेको छ । जसपाले प्रधानमन्त्रीसंग ८ मन्त्री र दुई राज्यमन्त्री माग्दै सरकारमा जाने तयारी गरिरहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट