भारतमा कोरोना संक्रमितको संख्या ओरालो लाग्दै ,२४ घण्टामा जम्मा १ लाख ५२ हजार जनामा संक्रमण-Sutra News

भारतमा कोरोना संक्रमितको संख्या ओरालो लाग्दै ,२४ घण्टामा जम्मा १ लाख ५२ हजार जनामा संक्रमण

सोमबार, १७ जेष्ठ २०७८

सोमबार, १७ जेष्ठ २०७८

काठमाडौं । कोरोना संक्रमणको उच्च जोखिममा रहेको  भारतमा पछिल्लो २४ घण्टामा जम्मा  कोरोना भाइरस (कोभिड-१९) का १ लाख ५२ हजारभन्दा धेरै नयाँ संक्रति फेला परेका छन् । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ८० लाख ४७ हजार नाघेको छ ।



अरु दिनको तुलनामा यो तथ्यांक निकै कम हो ।

पछिल्लो २४ घण्टामा भारतमा ३ हजार १२८ कोरोना संक्रमितको ज्यान गएको छ । अहिलेसम्म कोरोना संक्रमणको कारण ३ लाख २९ हजार १०० जनाको मृत्यु भइसकेको छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या २० लाख २६ हजार रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट