सुदूरपश्चिम प्रदेश: एमालेका ६ मन्त्रीले बुझाएन् स्पष्टीकरण, कारबाहीको तयारी-Sutra News

सुदूरपश्चिम प्रदेश: एमालेका ६ मन्त्रीले बुझाएन् स्पष्टीकरण, कारबाहीको तयारी

सोमबार, १७ जेष्ठ २०७८

सोमबार, १७ जेष्ठ २०७८

कैलाली । सुदुरपश्चिम प्रदेशमा एमाले प्रदेश कमिटीले सोधेको स्पष्टिकरण नबुझाएपछि ६ मन्त्री र एक सचेतकसहित सात जनालाई कारबाहीको प्रक्रिया अगाडी बढाइएको छ ।



सुदुरपश्चिम प्रदेश माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी जनाएका ७ जनाको  स्पष्टिकरण नआएपछि उनीहरुलाई कारबाहीको प्रक्रिया अघि बढाउन लागिएको एक नेताले जानकारी दिए ।

गएको शनिवार एमाले प्रदेश कमिटीले स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै २४ घण्टे अल्टिमेटमसहित तीन मन्त्री, तीन राज्य मन्त्री र एक सचेतकलाई स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण नबुझाउने ७ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही हुने बताइएको छ  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट