काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले एमाले विभाजन गराउनका लागि नेपाली काँग्रेस का सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन् ।
आज सोमवार न्युज एजेन्सीसँग कुराकानी गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
‘आगामी आम निर्वाचनमा जसपा र नेकपा (एमाले) लाई विभाजनमा लानको निम्ति आफू प्रधानमन्त्री हुने सर्तमा नै यी पार्टीहरु विभाजन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अरु पार्टीको आन्तरिक जीवन र मामिलामा हात हाल्ने, भाँजो सिर्जना गर्ने र पार्टी विभाजित गर्ने मनसायका साथ नेपाली कांग्रेसजस्तो आफूलाई बहुलवादी लोकतन्त्रको लागि नेतृत्व गरेर आएको छु भन्ने पार्टी अरुको घर झगडा गराएर यो खालको काममा लाग्नेकुरा एकदम गलत कुरा हो ।’ उनले भने ।
त्यस्तै उनले नेपाली काँग्रेसले आफु प्रतिगमनको साधनमा चढेर अग्रगमनको कुरा गरेको पनि उल्लेख गरेका छन् ।