दाङ । दाङमा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको तुलसीपुर उपमहानगरपालिका ८, अश्वार निवासी २५ वर्षीय टिकाराम डाँगी रहेका छन् ।
उनलाई कोठामा सुतिरहेको अवस्थामा सर्पले डसेको थियो । सर्पको टोकाइबाट घाइते भएका डाँगीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।