नागरिकको स्वास्थ्य उपचार र मानव अधिकारको संरक्षण गर्न सरकारलाई मानव अधिकार आयोगको आग्रह-Sutra News

नागरिकको स्वास्थ्य उपचार र मानव अधिकारको संरक्षण गर्न सरकारलाई मानव अधिकार आयोगको आग्रह

सोमबार, १७ जेष्ठ २०७८

सोमबार, १७ जेष्ठ २०७८

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट उत्पन्न असरको सम्बोधन गर्नका लागि सरकारलाई आग्रह गरेको छ ।



कोरोनाको कारण उत्पन्न समस्याहरुलाई सरकारले ध्यान दिन नसकेर जनताहरुले सास्ती खेप्न परको हुँदा त्यसलाई समाधान गर्नका लागी आयोगले सरकारलाई आग्रह गरेको हो ।

सोमवार एक विज्ञप्ति जारी गर्दै मानव अधिकार आयोगले स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पतालको उपकरण तोडफोड भएको, पहाडी जिल्लामा पीसीआर परीक्षण हुन नसकेको, खाद्यान्न तथा औषधिको आपूर्तिमा कमी हुँदा अभाव देखिन थालेको, दम, मधुमेहलगायतका अन्य दीर्घरोगीहरूले नियमित सेवन गर्नुपर्ने औषधीको अभाव देखिएको, गर्भवतीको स्वास्थ्य परीक्षण हुन नसकेको तथा दुई वर्षमुनिका बालबालिकाले नियमित खोप लगाउन नपाएको जस्ता तथ्याहरु देखाउँदै सरकारको ध्यानाकर्षण गराएको हो।

त्यस्तै आयोगले अग्रपंक्तिमा रहेर काम गरिरहेका सुरक्षाकर्मी, स्वास्थिकर्मिहरुको मनोबल उच्च राख्ने कार्यक्रम ल्याउन पनि सरकारलाई आग्रह गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट