न्यायाधीशले संवैधानिक इजलास नछोड्ने संकेत गरेपछि सर्वोच्चमा न्यायाधीशहरूको बैठक बस्दै-Sutra News

न्यायाधीशले संवैधानिक इजलास नछोड्ने संकेत गरेपछि सर्वोच्चमा न्यायाधीशहरूको बैठक बस्दै

सोमबार, १७ जेष्ठ २०७८

सोमबार, १७ जेष्ठ २०७८

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको  रिटको सुनुवाई गर्नका लागि गठन भएको संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठबारे आइतवार  प्रश्न उठ्यो ।



 उनीहरुमाथि प्रश्न उठेपछि न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले उनीहरु बाहिरिनु उपयुक्त भएको सुझाएका थिए ।

यता प्रधानन्यायाधीश राणााले भने केसी र श्रेष्ठलाई आफैं निर्णय गर्न दिनुपर्ने बताएका थिए  ।

दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले संवैधानिक इजलासबाट आफुहरु नबाहिरिने संकेत गरेपछि  त्यसबारे छलफल गर्न रोस्टरमा भएका सबै १३ न्यायाधीशको बैठक बस्ने भएको छ ।

दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध  सम्बन्धित रिटहरुको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेको संवैधानिक इजालस गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट