लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचन: खस्यो २ सय ९७ भोट, यी हुन अनुपस्थित हुने ३ जनप्रतिनिधि-Sutra News

लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचन: खस्यो २ सय ९७ भोट, यी हुन अनुपस्थित हुने ३ जनप्रतिनिधि

सोमबार, १७ जेष्ठ २०७८

सोमबार, १७ जेष्ठ २०७८

काठमाडौँ । लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रियसभा उपनिर्वाचनमा जम्मा २ सय ९७ जनाले मतदान गरेका छन्। कुल मतदाता ३०० रहेकोमा ३ जना भने उपस्थीत भएनन।



तर स्थानीय तहका तीन जना जनप्रतिनिधि उपस्थित नभए पनि प्रदेश सभाका भने सबै  ८३ जनाले मत खसालेका छन्।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले सार्वजनिक रुपमा नै निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका थिए भने  नरैनापुर गाउँपालिका बाँकेका अध्यक्ष मोहम्मद इस्तियाक साह बिरामी भएर उपचार गर्न लखनउ गएका थिए ।

त्यस्तै गुल्मीको दरबार गाउँपालिका अध्यक्ष अशोक थापा बिरामी रहेको कारण उनी मतदान कार्यक्रममा सहभागी हुन् सकेनन।

निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दीर्घनारायण पाण्डे उम्मेदवार रहेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट