काठमाडौँ । नेकपा एमालेका नेता भिम रावलले खोपका अन्य देशलाई पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको बताएका छन्।
सोमवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले यस्तो बताएका हुन् ।
‘कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो,’ उनले लेखेका छन्, ‘यसले,के प्रमं र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ।’