काठमाडौँ । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् ।
नेकपा एमालेको उम्मेदवार चन्द्रबहादुर खड्कालाई हराउँदै उनले जित हात पारेका हुन्।
उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन्। काँग्रेस नेता पाण्डेले ४१४० मत ल्याएका थिए भने एमाले नेता चन्द्रबहादुर खड्काले ३५९४ मात्र मत पाए।
आजको मतदानमा २९७ जनाले मतदान गरेका थिए। त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर भएको थियो।
गत जेठ ६ मा बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पनि एमालेका उम्मेदवार पराजित भएका थिए ।