लुम्बिनी प्रदेशमा सोमबार भएको उपनिर्वाचनबाट विजयी भएका काँग्रेसका दृगनारायण पाण्डेले लोकतन्त्र, प्रजातन्त्रको जित भएको बताएका छन् ।
उपनिर्वाचनमा विजयी हासिल गरेपछी उनले संचारकर्मीलाई प्रतिक्रीया दिंदै यस्तो बताएका हुन् ।
‘यो प्रजातन्त्रको जित हो । लोकतन्त्रको जित हो ।’सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘विश्वास गरेर मलाई जसले अमूल्य मत दिनुभयो, त्यसको लागि म धन्यवाद दिन चाहन्छु ।’
उनले आफूले राष्ट्रियसभामा गएर संघीयता, गणतन्त्रसम्बन्धि विभिन्न मुद्दाहरुलाई अघि बढाउने उल्लेख गरे ।
नेकपा एमालेको उम्मेदवार चन्द्रबहादुर खड्कालाई हराउँदै उनले जित हात पारेका हुन्।
उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन्। काँग्रेस नेता पाण्डेले ४१४० मत ल्याएका थिए भने एमाले नेता चन्द्रबहादुर खड्काले ३५९४ मात्र मत पाए।
आजको मतदानमा २९७ जनाले मतदान गरेका थिए। त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर भएको थियो।