पूर्व प्रधानन्यायाधीशमाथि ओलीको आक्रोश – न्यायालयलाई दबाब दिने काम भयो !-Sutra News

पूर्व प्रधानन्यायाधीशमाथि ओलीको आक्रोश – न्यायालयलाई दबाब दिने काम भयो !

सोमबार, १७ जेष्ठ २०७८

सोमबार, १७ जेष्ठ २०७८

प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनविरुद्ध वक्तव्य निकालेका ४ पूर्व प्रधानन्यायाधीशमाथि न्यायालयलाई दबाब दिएको आरोप लगाएका छन् ।



भर्चुअल माध्यममार्फत आफूनिकट युवाहरूसँग कुरा गर्दै ओलीले ४ पूर्व प्रधानन्यायाधीशविरुद्ध आक्रोश पोखेका हुन् ।

उनले भने, ‘पूर्व प्रधानन्यायाधीशहरूले हैसियतको दुरुपयोग गरेर जनतामा भ्रम छर्ने र न्यायालयलाई प्रभावित पनि गर्न खोज्ने र दबाब दिने काम गरेका छन् ।’

उनले राजनीतिक दलहरूमाथि पनि आरोप साँधे । प्रतिनिधि सभाको दोस्रो विघटनविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको बहसलाई प्रभावित पार्ने गरी राजनीतिक दलहरूले काम गरिरहेको उनको आरोप छ ।

गत शुक्रबार पूर्वप्रधान्यायायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा विघटनविरुद्ध उभिएका थिए ।

उनीहरूले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘संविधानको धारा ७६ को प्रयोगको सम्बन्धमा हाल भएका अभ्यासहरू संविधानको अक्षर र भावना एवं प्रजातन्त्रको मूल मर्म प्रतिकूल भई विपरित दिशा तर्फ संविधान कार्यान्वयन भइरहेको छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट