प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बैठक सोमबार बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
आजको मन्त्रीपरिषद बैठकमा सरकारले अध्यादेशबाट ल्याएको बजेटबारे छलफल हुने बताइएको छ ।
यस्तै आज सरकारमा सहभागी हुने विषयमा छलफल गर्नका लागि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई ८ मन्त्रालय दिन सहमत भएका छन् ।
सोमवार बालुवाटारमा भएको भेटवार्तामा यस्तो सहमति भएको बालुवाटार स्रोतले दाबी गरेको छ ।