काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठककमा समसामयिक राजनीतिक विषय र शनिबार सार्वजनिक बजेटका विषयमा छलफल भइरहेको छ ।
यस्तै आज सरकारमा सहभागी हुने विषयमा छलफल गर्नका लागि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई ८ मन्त्रालय दिन सहमत भएका छन् ।
यसबारे बैठकमा मन्त्रीहरूलाई प्रधानमन्त्रीले जानकारी गराउँदै छन् ।