स्वास्थ्यकर्मीलाई सम्मान गर्न १ करोड १ रुपैयाँ राशीको पुरस्कार घोषणा-Sutra News

स्वास्थ्यकर्मीलाई सम्मान गर्न १ करोड १ रुपैयाँ राशीको पुरस्कार घोषणा

सोमबार, १७ जेष्ठ २०७८

सोमबार, १७ जेष्ठ २०७८

काठमाडौं- बारबरा फाउन्डेसनमार्फत उद्यमी सहिृद घिमिरेले रु १ करोड १ रुपैयाँ राशीको पुरस्कार घोषणा गरेका छन् । फाउन्डेसनका कार्यकारिणी सदस्य समेत रहेका घिमिरेले सोमबार पुरस्कार घोषणा गरेको फाउन्डेसनले जनाएको छ ।



विद्यमान कोभिड १९ महामारीमा अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुको हौसला तथा सम्मान स्वरुप पुरस्कार स्थापना गरिएको फाउन्डेसनका अध्यक्ष डा.सन्दुक रुइतद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बारबरा फाउन्डेसनले गत वर्ष पनि समाजका विभिन्न क्षेत्रमा कार्यरत अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई विशेष सम्मान प्रदान गर्दै आएको छ ।

फाउन्डेसनले देशका सरकारी, सामुदायिक वा गैरनाफामूलक संस्था वा त्यसमा कार्यरत स्वास्थ्यकर्मी मध्येबाट निष्पक्ष छनौट गर्नका लागि नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा.भगवान कोइरालाको अध्यक्षतामा निर्णायक समिति समेत गठन गरेको छ ।

सो समितिमा नेपाल मेडिकल एशोसियसनका अध्यक्ष डा.लोचन कार्कीलगायत रहेका छन् । निर्णायक समितिबाट छानिने सम्मानित व्यक्तित्व मार्फत सम्पूर्ण अग्रपंक्तिमा डटेर खट्ने स्वास्थ्यकर्मीहरूप्रति सम्मान गरिने फाउन्डेसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट