काठमाडौं- सत्तारुढ नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल चयन भएका छन् । सोमबार बसेको युवा संघ सचिवालयको भर्चुअल बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो ।
नेकपा विभाजनपछि अध्यक्ष भएका वचनबहादुर सिंहले आइतबार ४१ औं जन्मदिन मनाएसँगै उमेरहद सकिएकाले सिंहकै प्रस्तावमा पौडेललाई अध्यक्ष चयन गरिएको हो ।
युवा संघको राष्ट्रिय सम्मेलन गरेर विधान संशोधन नहुन्जेलसम्म पौडेल नै अध्यक्ष रहने छन् भने नाम पनि राष्ट्रिय युवासंघ नै रहने एमालेले जनाएको छ ।