आगोलागी पीडितलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, बन मन्त्री आलेले उपचारका लागि सहयोग गरे २५ हजार-Sutra News

आगोलागी पीडितलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, बन मन्त्री आलेले उपचारका लागि सहयोग गरे २५ हजार

सोमबार, १७ जेष्ठ २०७८

सोमबार, १७ जेष्ठ २०७८

काठमाडौं- वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आगोलागीबाट जलेकी डोटीको आदर्श गाउँपालिका-४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटको उपचारका लागि रु २५ हजार सहयोग प्रदान गरेका छन् ।



डोटीबाट सेनाको हेलिकोप्टरमा ल्याइएकी भाटलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर मन्त्री आलेले उपचारका लागि रकम प्रादन गरेको उनका प्रशासन सहायक भक्त आलेले जानकारी दिए ।

अज्ञात व्यक्तिले यही जेठ १२ गते राति आफ्नै घरमा सुतिरहेका बेला प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउदा उनी जलेर गम्भीर घाइते भएकी थिइन् ।

BimalbahadurBist_Doti_RSS_17_ghaitektmlaijadai.jpg

जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि लक्ष्मीलाई आज मन्त्री आलेको पहलमा नेपाली हेलिकप्टर मार्फत काठमाडौं ल्याइ कीर्तिपुरस्थित वर्न अस्पतलामा उपचार सुरु भएको छ ।

मन्त्री आलेले पहल तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहसचिव महेश्वर न्यौपानेको समन्वयमा घाइते भाटको थप उपचारका लागि काठमाडौ ल्याइएको हो ।

अहिले लक्ष्मीको अवस्था खतरामुक्त भएको उपचारमा संलग्न वर्न अस्पतलाका चिकित्सक डा.सुरेन्द्र बस्नेत र प्रकृति ज्ञवालीले जानकारी दिए ।

घटनालगत्तै लक्ष्मीका श्रीमान सन्तोष भाट फरार रहेकाले श्रीमानले नै घटना गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

डोटी घटनाका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने डोटी घटनाका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट