प्रधानमन्त्रीको भनाइमा कांग्रेसको आपत्ति, पदको गरिमा खस्काउने अभिव्यक्ति रोक्न आग्रह-Sutra News

प्रधानमन्त्रीको भनाइमा कांग्रेसको आपत्ति, पदको गरिमा खस्काउने अभिव्यक्ति रोक्न आग्रह

मंगलबार, १८ जेष्ठ २०७८

मंगलबार, १८ जेष्ठ २०७८

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति आपत्ति जनाएका छन् ।



प्रधानमन्त्री ओलीले पूर्वप्रधानन्यायाधीश र विपक्षी गठबन्धनलाई लक्षित गर्दै सोमबार ‘केही व्यक्तिहरूले न्यायालयलाई कुन अवस्थामा पुर्याइरहेका छन् ? कुरो गम्भीर छ । उहाँहरुले न्यायालयको कसरी हुर्मत लिंदै हुनुहुन्छ ? पेन्सन खाएर आफू समयमा केही काम नगर्ने, वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्ने सडकमा ? यसले हाम्रो लोकतन्त्रलाई कहाँ पुर्याउँछ ?’ भनेका थिए ।

मंगलबार एकाविहानै सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रवक्ता शर्माले ओलीको भनाइमा आपत्ति जनाएका हुन् । ‘अरू बोले अराजक अभिव्यक्ति, आफु बोले अभिव्यक्ति स्वतन्त्रता ?, प्रवक्ता शर्माले भने, ‘विवेक बोल्ने पूर्वप्रधानन्यायाधीशहरु आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनैतिक दर्शन चैं दिब्यज्ञान ?’

प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै शर्माले प्रधानमन्त्रीको गरिमा खस्काउने अभिव्यक्ति रोक्न ओलीलाई आग्रह गरेका छन् । ‘ब्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ, देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकौं अब !!!!,’ शर्माले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट