बाबुरामको प्रश्न- सरकार खुराफातमा मस्त हुने, सेरेमोनियल राष्ट्रपतिलाई चाहिं भीख माग्न लगाउने ?-Sutra News

बाबुरामको प्रश्न- सरकार खुराफातमा मस्त हुने, सेरेमोनियल राष्ट्रपतिलाई चाहिं भीख माग्न लगाउने ?

मंगलबार, १८ जेष्ठ २०७८

मंगलबार, १८ जेष्ठ २०७८

काठमाडौं-पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरसविरुद्धको खोपको भीख माग्न लगाएको बताएका छन् ।



खोपका लागि विभिन्न देशसँग राष्ट्रपति भण्डारीले समन्वय गरेपछि जनस्तरबाट समेत राष्ट्रपतिको उक्त सक्रियतामाथि प्रश्न उठेको छ । नेपालको व्यवस्थामा कार्यकारी अधिकार प्रधानमन्त्रीमा निहित रहेको हुँदा सेरेमोनियल राष्ट्रपतिले कार्यकारी काम गरेको आरोप लागेको छ ।

पूर्वप्रधानमन्त्री डा.भट्टराईले प्रधानमन्त्री ओलीले नै राष्ट्रपति भण्डारीलाई भिक माग्न लगाएको भन्दै आपत्ति जनाएका छन् । सोमबार राति सामाजिक सञ्जालमा एक लेख्दै डा.भट्टराईले भने,‘सरकार खुराफातमा मस्त हुने सेरेमोनियल रा प लाई चाहिं भीख माग्न लगाउने ?खै लाजशरम ?’

कोरोनाविरूद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व रहेको डा.भट्टराईको भनाइ छ ।

कोरोनाविरूद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो।हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रूस र चीन दुवैबाट लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुइराको काग जस्तो?सरकार खुराफातमा मस्त हुने सेरेमोनियल रा प लाई चाहिं भीख माग्न लगाउने?खै लाजशरम?

— Baburam Bhattarai (@brb1954) May 31, 2021

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट