विद्यालयमा शव भेटिएपछि देशभर सामूहिक चिहानहरुको खोजी गर्न सरकारलाई दबाब-Sutra News

विद्यालयमा शव भेटिएपछि देशभर सामूहिक चिहानहरुको खोजी गर्न सरकारलाई दबाब

मंगलबार, १८ जेष्ठ २०७८

मंगलबार, १८ जेष्ठ २०७८

काठमाडौं- क्यानडाका नागरिकले देशभर सामूहिक चिहानहरुको खोजी गर्न सरकारलाई दबाब दिएका छन् ।आदिवासी समूदायका लागि तयार गरिएको पूर्वआवसीय विद्यालयमा २१५ विद्यार्थीको सामूहिक चिहान भेटिएपछि यस्तो दबाब बढेको हो ।



विद्यार्थीहरुको सामूहिक चिहान भेटिएपछि सहयोगको घोषणा गरेको प्रधानमन्त्री जस्टिन ट्रूडोले यसबारे विस्तृत विवरण भने दिएका छैनन् ।

ब्रिटिस कोलम्बियामा सन् १९७८ मा बन्द भएको कम्लूप्स इन्डियन रेजिडेन्शियल स्कूलका विद्यार्थीहरुको सामूहिक चिहान भेटिएको हो । भेटिएका शव मध्ये केही तीन वर्षसम्मका बालिबालिकाको थियो ।

यस सम्बन्धी जानकारी गएको बिहीबार टेमलप्स टी क्वपेमसी फर्स्ट नेशनका प्रमुखले दिएका हुन् ।

फर्स्ट नेशनको एसेम्ब्लीका राष्ट्रिय प्रमुख पेरी बेलेगार्डले परिवारलाई सत्य जान्ने र शोकबाट निष्कने अवसर दिनु पर्ने बताएका छन् ।

विद्यालय परिसरमा भेटियो २१५ जना बालबालिकाको सामूहिक चिहान विद्यालय परिसरमा भेटियो २१५ जना बालबालिकाको सामूहिक चिहान

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट