काठमाडौं- सत्ताधारी दल नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ११ बजे बस्ने बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारले प्रस्तुत गरेको बजेटलगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
बैठकमा गत साता स्पष्टीकरण सोधिएका १२ नेतालाई कारबाही गर्ने या नगर्ने भन्ने विषयमा समेत छलफल हुन सक्ने बताइएको छ ।
स्पष्टीकरण सोधिएकाहरूमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् ।
यसअघि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकिएको छ ।
आन्तरिक कलह चुलिदै जाँदा पार्टी विभाजनको संघारमा पुगेको छ ।