काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा आज तेस्रो दिन सुनुवाई हुँदैछ ।
आज संवैधानिक इजलासमा प्रधानन्यायाधीशको अध्यक्षतामा न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र तेजबहादुर केसी नै रहने भएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको सुनुवाई गर्नका लागि गठन भएको संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठबारे आइतवार प्रश्न उठेको थियो ।
उनीहरुमाथि प्रश्न उठेपछि न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले उनीहरु बाहिरिनु उपयुक्त भएको सुझाएका थिए ।
यता प्रधानन्यायाधीश राणााले भने केसी र श्रेष्ठलाई आफैं निर्णय गर्न दिनुपर्ने बताएका थिए ।
दुई न्यायाधीशमाथि प्रश्न उठेपछि आज प्रधानन्यायाधीश राणााले संवैधानिक इजालासको सुची परिवर्तन हुन् सक्ने अनुमान गरेका थिए ।