काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा विघटित प्रतिनिधिसभा सांसद डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको ढोका बन्द गरेर राज्यसत्ता कब्जा गर्न खोजेको आरोप लगाएकी छन् ।
मंगलवार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो बताएकी हुन् ।
‘असंवैधानिक कार्य गरेका प्रधानमन्त्री केपि ओलीले न्यायलयको ढोका बन्दगरी सम्पुर्ण रुपमा राज्यसत्ता कब्जा गरेको सन्देश दिइरहेका छन,’ उनले लेखेकी छन्, ‘स्वतन्त्र न्यायपालिकाको भुमिकालाई कार्यपालिकाको छायामा राख्ने उनको कुल्सित उदेश्यलाई पछिल्ला अभिव्यक्तिले पुष्टि गरेका छन् ।’
त्यस्तै उनले न्यायक्षेत्रमा संलग्न कानुन व्यवसायी हरुलाई गालिगलौज गर्नु अदालतप्रति ठाडो हमला भएको उल्लेख गरेकी छन् ।
यस्तो छ उनको फेसबुक स्टाटस :
ओलीको न्यायलय प्रती हमला !असम्बैधनिक कार्य गरेका प्रधानमन्त्री केपिओलीले न्यायलयको ढोका बन्दगरी सम्पुर्ण रुपमा राज्यसत्ता कब्जा गरेको सन्देश दिइरहेका छन् ।स्वतन्त्र न्यायपालिकाको भुमिकालाई कार्यपालिकाको छायामा राख्ने उनको कुल्सित उदेश्यलाई पछिल्ला अभिव्यक्तिले पुष्ठि गरेका छन् ।न्यायक्षेत्रमा संलग्न कानुन व्यावसायिक र पुर्ब न्यायाधीशलाई सार्बजनिक रुपमै गालिगलौजमा प्रधानमन्त्री उत्रनु भनेको न्यायलय प्रती ठाडो हमला नै हो।प्रधानमन्त्री ओलिको संविधान बिरोधि कदमलाई रोक्ने एकमात्र संबैधानिक उपाय नै सम्मानित सर्बोच्च अदालतको निर्णय नै हो।सम्पुर्ण नेपाली जनताको ध्यान अब सर्बोच्च तिर।असम्बैधानिक कदम सच्च्याउने अपेक्षा !