प्रधानन्यायाधीश र सर्वोच्च बारका अध्यक्षबीच भेटवार्ता-Sutra News

प्रधानन्यायाधीश र सर्वोच्च बारका अध्यक्षबीच भेटवार्ता

मंगलबार, १८ जेष्ठ २०७८

मंगलबार, १८ जेष्ठ २०७८

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यबीच मंगलवार भेटवार्ता भएको छ ।



उनीहरुबीच इजलास गठनका विषयमा उठेका प्रश्न तथा विवाद निवारणका सम्बन्धमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा आज तेस्रो दिन सुनुवाई हुँदैछ ।

आज संवैधानिक इजलासमा प्रधानन्यायाधीशको अध्यक्षतामा न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र तेजबहादुर केसी नै रहने भएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको  रिटको सुनुवाई गर्नका लागि गठन भएको संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठबारे आइतवार  प्रश्न उठेको थियो  ।

उनीहरुमाथि प्रश्न उठेपछि न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले उनीहरु बाहिरिनु उपयुक्त भएको सुझाएका थिए ।

यता प्रधानन्यायाधीश राणााले भने केसी र श्रेष्ठलाई आफैं निर्णय गर्न दिनुपर्ने बताएका थिए  ।

दुई न्यायाधीशमाथि प्रश्न उठेपछि आज प्रधानन्यायाधीश राणााले संवैधानिक इजालासको सुची परिवर्तन हुन् सक्ने अनुमान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट