काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।
मृतक मध्ये २ जना बर्दिया, १/१ जना बाँके र कैलालीका रहेका छन् ।
मृत्यु हुनेमा बढैयाताल गाउँपालिका-६ बर्दियाका ४२ वर्षीय पुरूष, बढैयाताल गाउँपालिका-२ बर्दियाकी ४५ वर्षीया महिला, टीकापुर नगरपालिका-८ कैलालीका ७७ वर्षीय पुरूष, नेपालगञ्ज उपमहानगरपालिका-१ बाँकेका ७० वर्षीय पुरूष रहेका छन् ।
उनीहरुको विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।